
काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ ।
एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरे । आजम इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको आजम इन्टरप्राइजेजका प्रबन्ध निर्देशक मुगले आजम मन्सुरले बताए । उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताए ।
‘यहाँबाट हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ मन्सुरले भने ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।
यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ ।
एमएडब्लुले नाडा अटो सोमार्फत आर १५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट ¥याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् ।
यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।
यामाहाले दसैंतिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउनुहुनेछ । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले यामाहा आर३ जित्न सक्नेछन् ।