घाेडाघाेडीकाे जंगलमा बसेका विदेशीलाई ठाउँ खाली गर्न आदेश, पत्रकारलाई कुटपिट

घाेडाघाेडीकाे जंगलमा बसेका विदेशीलाई ठाउँ खाली गर्न आदेश, पत्रकारलाई कुटपिट
+
-

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका- ९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका एक सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र सो क्षेत्र खाली गर्न आदेश दिएको छ।

भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक रेन्बो फेमिली ग्यादरिङ नामक समूहको रूपमा करीब एक हप्ता अघि देखि जंगल क्षेत्रमा पुगेका थिए। तर, कुनै पनि सरकारी निकायबाट स्वीकृति नलिई वन क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आएपछि प्रशासनले उनीहरूलाई तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालसहित सुरक्षा निकायका प्रमुखहरू बिहीबार सिमली जंगल पुगेका थिए। निरीक्षणपछि उनले विदेशी नागरिकहरूलाई २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले भने ,’उनीहरूले नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति लिएको देखिएन। स्थानीयबासीहरूले अस्वभाविक गतिविधि भइरहेको गुनासो गरेपछि हामी अनुगमन गर्न पुगेका थियौँ। कानुनी प्रक्रिया अनुसार उनीहरूलाई क्षेत्र खाली गर्न निर्देशन दिएका छौँ।’

अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू नेचर लभर (प्रकृतिमा रमाउने व्यक्ति) भएको दाबी गरेका थिए। तर, अनुमति बिना वन क्षेत्रमा बस्नु कानुनी रूपमा गलत भएकाले प्रशासनले आवश्यक कदम चालेको हो।

यसै विषयमा समाचार लेख्ने पत्रकारलाई कुटपिट

यसैबिच कैलालीमका पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकहरूले आक्रमण गरेका छन्।

घोडाघोडी नगरपालिका- १० पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका- १ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले पत्रकार मिश्रलाई लछार-पछार गर्दै आक्रमण गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता भएको छ।

पत्रकार मिश्रले उनीहरूको विरुद्धमा अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गराएका हुन्। उनीहरूले बिहीबार दिउसो घोडाघोडी नगरपालिका- १० पहलमानपुरको स्विट हाउस अगाडि महेन्द्र राजमार्गको सार्वजनिक स्थानमा पत्रकार मिश्रलाई गालीगलौज र लछार-पछार गरेको पाइएको हो।

पत्रकार मिश्रले सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकको समाचार लेखेका थिए। सोही विषयमा पत्रकार मिश्रमाथि अभद्र व्ययभार गरिएको आरोपमा जाहेरी दरखास्त दिइएको छ।

मिश्रको दरखास्तमा लेखिएको छ, ‘विभिन्न अश्लील शब्द प्रयोग गरि गाली-गलौज गर्दै लछार-पछार पार्दै धक्का मुक्का गर्नुका साथै हातपातसमेत गरी ढुंगा-मुढा प्रयोग गरि भट्टाले टाउँकोमा हान्न खोज्दा उक्त घटनास्थल नजिक रहेका वडासदस्य रोहित बमलगायत स्थानीय आएर छुट्याउने क्रममा उक्त घटनास्थलबाट भागी ज्यान बचाएको हुँ।’

पत्रकार मिश्रसँगै उनीहरूले १५ वर्षीय सुशील शाहलाई समेत भिडिओ बनाएको भन्दै गाली गरेका जाहेरीमा भनिएको छ। डबलबहादुर शाहलाइ इलाका प्रहरी कार्यालय, सुखडले नियन्त्रणमा लिएको छ।

घटनाकाे नेपाल पत्रकार महासंघ कैलाली, सुदूरपश्चिम प्रदेश समिति, पत्रकार महासंघ केन्द्रिय समितिलगायतका संघसंगठनले विराेध गर्दै दाेषीलाई कारवाहीकाे दायरामा ल्याउन माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?