अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा पुगे

इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
+
-

मैक्वेटिया, भेनेजुएला (एएफपी)– संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन्।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं”, उनले विमानस्थलमा बताए, “हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौँ।”

प्रत्यक्ष फुटेजमा ‘स्वेटसूट’ लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ। तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो।

गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ।

खान युनूसको दक्षिणमा क्विजान रस्वान क्षेत्रमा विस्थापितहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा छ जना नागरिकको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ।

उक्त सहरमा भएको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा अल–जाना क्षेत्रस्थित एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना नागरिक घाइते भएको स्रोतले उल्लेख गरेको छ। स्रोतका अनुसार विस्तापितलाई निशाना बनाए गरेको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पतालमा लगिएको थियो ।

कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनसले आइतबार रातदेखि इजरायली धेरै घर विस्थापितको आश्रय स्थल तथा पार्क गरिएका सवारीलाई लक्ष्य गरी आक्रमण गरीरहेका छन्।

गाजा पट्टीका बिभिन्न सहरमा सोमबार भएको इजरायली हवाई आक्रमणमा करीव १६ जनाको मृत्यु हुनुका साथै दुई आवासीय घरमा भएको आक्रमणमा चार जना नागरिकको मृत्यु भएको जनाइएको छ।

अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिम स्थित अल–सवारा क्षेत्रमा भएको इजरायली आक्रमणमा चार जना घाइते भएको उल्लेख गरिएको छ।

इजरायलले जनवरी १९ देखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?