
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा मसाल जुलुस निकालेको छ।
क्रान्तिकारीका विद्यार्थीहरूले मंगलबार साँझ काठमाडौँको बागबजारमा मसाल जुलुस निकालेका हुन्। त्यसक्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्काको पुतलासमेत जलाएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।