कतार एयरवेजद्वारा भियतनामी विशेष प्रतिनिधिहरुसँग भेट

कतार एयरवेजद्वारा भियतनामी विशेष प्रतिनिधिहरुसँग भेट
+
-

दोहा, कतार – कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतारका लागि भियतनामी राजदूत न्युयेन दिन थाओको उपस्थितिमा दा नाङ म्युनिसिपल समितिका उप सचिव भो कोङ त्रीको नेतृत्वमा रहेको भियतनामी विशेष प्रतिनिधि मण्डलसँग दुई देशबीच पर्यटन विकास गर्ने विषयमा थप वार्ताका लागि भेटघाट गरेका छन् ।

कतार एयरवेजको तीव्र रुपमा वृद्धि भइरहेको विश्वव्यापी नेट्वर्कमा आगामी तेश्रो भियतनामी गन्तव्य दा नाङलाई प्रतिनिधित्व गर्दै उक्त टोलीमा वरिष्ठ सरकारी अधिकारीहरु पनि उपस्थित थिए ।

कतार एयरवेजले हालै डिसेम्बर १९, २०१८ देखि दा नाङ, भियतनामसम्मको प्रत्यक्ष उडान सेवा प्रारम्भ हुने घोषणा पनि गरेको छ । साप्ताहिक चार पटक सञ्चालनमा रहने उक्त उडानमा २२ सिट सहितको बिज्नेस क्लास तथा २३२ सिट सहितको इकोनोमी क्लास रहेको बोइङ ७८७ ड्रिमलाइनर एयरक्राफ्टद्वारा सेवा दिइनेछ ।

उक्त टोलीलाई सम्बोधन गर्दै, कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय अकबर अल बकेरले भियतनाममा पर्यटन वृद्धिको लागि कतार एयरवेजको निरन्तर प्रतिबद्धतालाई जोड दिए ।

‘यस वर्ष कतार राज्य तथा भियतनाम बीचको सम्बन्धको लागि ऐतिहासिक रह्यो । हामी हाम्रो कूटनीतिक सम्बन्धको २५ वर्ष मनाउँदै छौँ र साथै कतार एयरवेज एवं भियतनाम बीचको सेवाको ११ वर्ष पनि । हालका हो ची मिन्ह् शहर तथा हानोइसम्मका हाम्रा मार्गहरु अहिले नै अत्यन्तै लोकप्रिय छन् र दा नाङसम्मको प्रत्यक्ष सेवाको प्रारम्भले हामी हाम्रो भियतनामसम्मको पहुँचलाई अझ विस्तार गर्न पाउँदा निकै हर्षित भएका छौँ जसले भियतनामी बजारलाई सहयोग पु¥याउने हाम्रो प्रतिबद्धता पनि दर्शाउँछ। ‘ उनले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?