
अ
+
अ
अ
-
काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आफ्नो हत्या गर्ने सरकारी योजना असफल भएको दाबी गरेका छन्।
पाँचौपटक सर्वोच्च आदलतबाट छुटेपछि माइतीघर मण्डलमा समर्थकको उपस्थितिमा कोणसभा गर्दै प्रकाण्डले सर्वोच्च अदालतको कारण हत्या गर्ने सरकारको योजना विफल भएको बताएका हुन्।
उनले आफ्नो रिहाइले आम जनताको विजयी भएको दाबी गरे। उनले प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले दुःख दिएकाले त्यसको बदला लिने उद्घोष गरे।
प्रकाण्डले हिजो दशौं हजार नागरिकलाई प्रचण्ड-बादलले हत्या गरेकाले त्यसको हिसाब किताब हुने दाबी गरे। ‘प्रचण्ड बादललाई जनअदालतले कारबाही गर्छ। यसको बदला हामी लिनेछौं,’ विश्वकर्माले कोणसभामा भने।