
काठमाडौँ – नेपाली सेनाले विभिन्न कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ।
अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा पर्व मनाएको हो।
घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो।