वैज्ञानिक पुनलाई विराटनगर महानगरले गर्‍यो सम्मान

वैज्ञानिक पुनलाई विराटनगर महानगरले गर्‍यो सम्मान
+
-

मोरङ – विराटनगर महानगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ। बिहीबारबाट विराटनगरमा आत्मवृत्तान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री गर्दै आएका पुनलाई आइतबार महानगरले सम्मान गरेको हो।

महानगरको सभाहलमा आयोजित सम्मान कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले बैज्ञानिक पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग राख्ने बताएका थिए। निस्वार्थ भावसहित प्रस्ट अभियानमा अघि बढेका पुनलाई विराटनगरवासीको साथ रहेको बताए। सोही कार्यक्रममा पुनले पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भइसकेको बताएका थिए।

कृषि औजार कारखाना सञ्चालनका लागि अघि बढेको बताउँदै उनले कारखाना सञ्चालनमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताएका थिए।
राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु उत्पादन गर्ने पुनको भनाई छ। औजार कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्ने लगायतका औजार उत्पादन गरिने उनको भनाई छ। हाल कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको उनले बताए।

कार्यक्रममा महानगर उपमेयर शिल्पा निराला कार्कीसहित, वडाध्यक्ष, कर्मचारीहरुले ब्यक्तिगत रुपमा पुस्तक खरिद गरेका थिए। महानगरका सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाका अनुसार कार्यक्रममा संस्थागत रुपमा करिब २ लाख रुपैया बराबरको पुस्तक खरिद गरेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?