अस्पताल बन्द रहेको सूचना टाँस गरी बिरामी भर्ना गर्ने अवैध अस्पताल बन्द, अस्पतालका दुई व्यवस्थापक पक्राउ

अस्पताल बन्द रहेको सूचना टाँस गरी बिरामी भर्ना गर्ने अवैध अस्पताल बन्द, अस्पतालका दुई व्यवस्थापक पक्राउ
+
-

जनकपुरधाम – जनकपुरधाममा अस्पताल बन्द रहेको सूचना टाँस गरी भित्र विरामी राखी उपचार गरिरहेको एक अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गराएका छन्।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बन्द गर्ने निर्देशन विपरित गोप्य रुपमा सञ्चालनमा रहेको जनकपुरधामको थापाचौकस्थित जनकपुर सीता अस्पताल प्रालिलाई मुख्यमन्त्री सिंहले सोमबार पुनः बन्द गराएका हुन्।
मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानको एकेडमिक भवन शिलान्यास गरी सरकारी निवासतर्फ फर्कँदै गर्दा अनिश्चितकालका लागि सेवा बन्द बोर्ड मूल गेटमा झुन्ड्याइए पनि त्यस वरपर शंकास्पद गतिविधि देखिएपछि मुख्यमन्त्री सिंहले अुगमन गर्दा अस्पतालमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको पाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

अस्पतालले गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र पाँचजना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको मुख्यमन्त्री सिंले भेटेका थिए।

सरकारी निकायलाई झुक्याउने गरी अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

गत माघ २६ गते मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पुरा नगरेको सो अस्पताललाई अनुगमनक्रममा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?