
जनकपुरधाम– महोत्तरी प्रहरीले ट्रकमा लोड रहेको २३५।६ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ करिब पौने ७ बजेको समयमा जिल्लाको बर्दिबाँस नगरपालिका ३ अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित बिपी राजमार्ग सडक खण्डमा ट्रकसहित गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबाँस र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सिन्धुलीबाट बर्दिबासतर्फ आउदैँ गरेको बाग्मती प्रदेश९०१९००६ ख ५३७१ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो।
प्रहरीले मिनिट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपी रातो रंगको प्लाष्टिकले र्याप गरी टेप र डोरीले बाँधी लुकाई छिपाई राखिएको २० पोका लागूऔषध गाँजा बरामद गरिएको प्रवक्ता जैसवारले जानकारी दिए।
उनले गाँजा, मिनिट्रक र चालक मकवानपुरको थाहा नगरपालिका ७ डाडाबास बस्ने २७ वर्षीय कबिराज गोलेलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जानकारी दिए।