
काठमाडौँ– तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको अन्तिम शवयात्रा निकालिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि शवयात्रा निकालिएको थियो।
बुधबार साझ साढे ५ बजे अस्पतालबाट निकालेर शवयात्रा गरियो। अहिले त्रिवि शिक्षण अस्पताल भावविहील छ। सुरेशकी श्रीमती सुजन मगिया सम्हालिन सकेकी थिइनन्।
आफन्त र शुभचिन्तक शवयात्रामा सरिक छन्। उनको अन्तिम संस्कार शोभा भगवतीमा गरिने परिवारले जानकारी दिएको छ। सरकारले उनको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने र परिवारका सदस्यलाई रोजगारीदिने मौखिक प्रतिवद्धता गरेको छ। सुरेशका दाई दिनेश रजकलाई आज सञ्चारमन्त्री र गृहमन्त्रीले भेट्न बोलाएका थिए।