
काठमाडौं- दसैं-तिहारको मौका छोपेर कोकाकोला नेपालले नयाँ बोतलमा कोक ल्याएको छ। बुधबार होटल र्याडिसनमा कार्यक्रमको आयोजना गरेर कोकाकोलाको नयाँ बोतल सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको बोतलमा परिवारसँग मन खोलौं, कोक पिएर खुसी, माया, जमघट, मित्रता, हाँसो, रमाइलो, मिलन र श्रद्धा लेखिएको थियो।
कार्यक्रममा कोकाकोला नेपालको ब्राण्ड एम्बेसडर प्रियंका कार्की, स्वतिमा खड्का र निश्चल बस्नेतलगायत कलाकारको उपस्थिति थियो।