भुक्तानी नपाउने भएपछि एक वर्षदेखि बेलिब्रिज अधुरै

भुक्तानी नपाउने भएपछि एक वर्षदेखि बेलिब्रिज अधुरै
+
-

सिमकोट-  हुम्लामा बेलिब्रिज निर्माण गरेको रकम भुक्तानी नपाउने भएपछि एक वर्षदेखि बेलिब्रिज निर्माण कार्य अधुरै रहेको छ ।

हुम्ला जिल्लाको सर्केगार्ड, अदानचुली गउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदीमाथि निर्माण कार्य अन्तिम चरण पुगेको सो बेलिब्रिजको भुक्तानी नपाएकै कारण रोकिएको हो ।

उक्त पुल निर्माणको जिम्मा पाएको रविचन्द्र जेभीका प्रतिनिधि वसन्त थापाले एक वर्ष अगाडि निर्माण कार्य सम्पन्न हुने दुई जिल्ला मुगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको बेलिब्रिजको काम अधुरो राखिएको बताए ।

गतवर्ष असारमा सम्पन्न गर्ने गरी उक्त पुलको निर्माण कार्य सुरु भएको थियो । सो पुल मुगु जिल्लाको पूर्वाधर विकास कार्यालय र सोरु गाउँपालिकाको लागत साझेदारीमा निर्माण कार्य सुरु भएको थियो । तर, सोरु गाउँपालिकाले लागत ब्यहोर्ने एक करोड तीस लाख रुपैयाँ नदिने भएपछि नब्बे प्रतिशत काम सम्पन्न गरेको भए पनि बाँकी काम भुक्तानी नपाएकै कारण सम्पन्न नगरिएको हो ।

पुलको मुगुपट्टी सबै स्टिल पार्टको जडान कार्य सम्पन्न भएको छ । तर, हुम्लापट्टी भने थोरी स्टिल पार्ट जडान गर्न बाँकी राखिएको छ । जडानका लागि सामान भएपनि त्यति कै खाली राखिएको छ । सम्झौता अनुसार काम पनि गराउन लगाउने तर बजेटको ब्यवस्था गर्न नसक्ने भएपछि बेलिब्रिजको थोरै काम बाँकी राखेर काम रोकेको हो ।

साठी मिटर लम्वाई रहेको सो बेलिब्रिजका लागि त्रिपक्षीय सम्झौता अनुसार चार करोड ९६ लाख रुपैयाँ लागत लाग्ने गरी सम्झौता भएको थियो । त्यसमध्ये तीन करोड ६६ लाख रुपैयाँ पूर्वाधार विकास कार्यालयबाट निर्माण कम्पनीले गत वर्ष नै भुक्तानी लिई सकेको थियो ।

गाउँपालिकाबाट भुक्तानी आउने निश्चित भएपछि एक दिनमै पुलको बाँकी निर्माण कार्य पूरा गर्न सकिने निर्माण कम्पनीले जनाएको छ । पुलको मुगु र हुम्ला दुवैतर्फ सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले यस आवमा बाँकी बजेटको ब्यवस्था गरेर निर्माण कम्पनीलाई दिने तयारी भइरहेको बताए ।

कर्णाली करिडोरको हुम्ला जिल्लाको तुम्चबाट मुगुको सोरु गाउँपालिका जोड्नका लागि नजिक पर्ने भएको कारण नदीमा बेलिब्रिज निर्माण कार्य भएको हो । सोरुवासीलई गमगढी भएर जान लामो सडक पार गर्नुपर्ने तर हुम्लाको तुम्च भएर सुर्खेत नेपालञ्ज जान नजिक पर्ने भएको कारण प्रदेश सरकारसँगको निक्कै लामो प्रयासपछि बेलिब्रिज निर्माणका लागि बजेटको ब्यवस्था गरिएको हो ।

केही दिन अगाडि बेलिब्रिजको थोरै भाग जडान गर्न बाँकी रहेको कारण मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे सहितको बीस जनाको टोलीले उक्त अधुरो पुलको जडान बाँकी रहेको भागमा विद्युत् पाइप बिच्छ्याएर चार वटा गाडी हुम्लातर्फ सवार भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?