मोरङको जहँदा गाउँपालिकाबाट गाँजा बरामद

मोरङको जहँदा गाउँपालिकाबाट गाँजा बरामद
+
-

मोरङ – मोरङको जहदा गाँउपालिकाबाट प्रहरीले १ हजार १ सय २ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो गाँउपालिकास्थित ७ नम्बर वडाका स्थानीय उमेश कामतको घरमा लुकाइराखेको अवस्थामा र अन्य स्थानबाट एकैपटक ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीका अनुसार २७ वर्षीय कामतको घरबाट १ हजार ८८ किलो र जहँदा गाँउपालिका ५ स्थित अरविन साहको घरबाट १४ किलो गाँजा बरामद भएको हो। प्रहरीको टोलीले दिउँसो साढे १ बजेतिर कामतको घर खानतलासी गर्दा गाँजा फेला परेको हो।

सोही क्रममा कामतलाई समेत पक्राउ गरिएको प्रवक्ता जोशीले जानकारी दिए। त्यससंगै दिउँसो करिब २ बजे जहदाको वडानम्बर ५ का ३३ वर्षीय साहको घरबाट १४ किलो बरामद गरेको उनले बताए। उनका अनुसार साहलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रहरीका अनुसार बरामद गरिएको गाँजा भारततर्फ लैजाने क्रममा रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?