विश्व पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव

विश्व पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव
+
-

पोखरा– विश्व पर्यटन दिवसको अवसरमा बिहिबार पोखरामा मिनी सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिने मिनी सडक महोत्सवको आयोजना गरेको हो।

मिनी सडक महोत्सव बाराही चोकदेखि खहरेचोकसम्म बेलुका ५ः०० बजेदेखि राति अबेरसम्म हुने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका स्वादिष्ट परिकार रेष्टुरेन्टहरुले सडकमै उपलब्ध गराउने छन्।

नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतिका साथ मिनी सडक महोत्सव हुने आयोजकको भनाई छ।

पञ्चेबाजा, गन्धर्व बाजा र लाइभ म्युजिक मिनी सडक महोत्सवका आकर्षण हुनेछन्। नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ । विश्व पर्यटन दिवस हरेक वर्ष सेप्टेम्वर २७ तारिखमा मनाइन्छ।

पर्यटन दिवसका दिन पोखरा आइपुग्ने पाहुनालाई फूलमाला र पञ्चेबाजासहित स्वागत गर्ने तयारी रहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?