बल्खु पुगे राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता (तस्बिरहरू)

बल्खु पुगे राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता (तस्बिरहरू)
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौँको बल्खुमा गरेको खबरदारी सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पुगेका छन्।

साढे ११ बजेदेखि कार्यक्रम सुरु हुने भनिए पनि नेताहरू १ बजेतिर पुगेका हुन्। यद्पि बल्खुमा खबरदारी सभामा सहभागी हुन बिहानैदेखि राजसंस्थापक्षधरहरू सहभागी भइरहेका थिए।

बल्खुमा विभिन्न ठाउँबाट र्‍याली आउँदैछ। कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूले सम्वोधन गर्ने कार्यतालिका छ।

चैत्र १५ गते तीनकुनेमा राजसंस्थापक्षधरले गरेको विरोध कार्यक्रम हिंसात्मक भएपछि आजको कार्यक्रम शान्तिपूर्ण हुने राप्रपाले बताएको छ।

राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको थियो।

जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो।

राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?