तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको प्रदर्शन

तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको प्रदर्शन
+
-

काठमाडौँ – काठमाडौँको बल्खुमा क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरेको छ। राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले मंगलबार बल्खुमा सभा गरेको हो। सभामा राप्रपाका प्रमुख नेताहरूले सम्बोधन गरे।

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि गणतन्त्रवादीहरूसमेत अटाउने गरी नयाँ सम्झौता गर्नुपर्ने बताए। उनले पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेर राणालाई तत्काल रिहा गर्न माग गरे।

यस्तै, उनले चैत १५ गते तीनकुनेमा राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाए। उनले प्रहरी प्रमुख दीपक थापा एमालेको कार्यकर्ताजसरी प्रस्तुत भएको आरोप लगाए।

बल्खु क्षेत्रमा आज ठूलो संख्यामा सुरक्षाकर्मीहरूसमेत परिचालन गरिएको थियो। प्रदर्शनका कारण सवारी आवागमन प्रभावित बनेको थियो।

राप्रपाले सभाका लागि भृकुटीमण्डप माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु वा सिफल चौरमध्ये एक स्थानमा कार्यक्रम गर्न भनेको थियो। त्यसपछि राप्रपाले बल्खु छानेको थियो।

आजको कार्यक्रम कभर गर्न भारतीय मिडियासमेत देखिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?