अछामका आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

अछामका आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख सहयोग गर्ने
+
-

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए ।

उनले मंगलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएकाे जानकारी दिए । सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

यसका साथै प्रारम्भीक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने उनकाे भनाई छ । यसका साथै आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि संघीय सरकार तथा विभन्न संघसंस्था र दातृ निकायलाई राहत र पुननिर्माणका सन्दर्भमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गरेका छन् ।

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्रीलाई जयगढ पठाउने निर्णय समेत गरको छ । आजै नै मन्त्रीहरुकाे टाेली अछाम जाँदैछ ।
अछामको बान्निगडी जयगढ गाउँपालिका वडा नम्बर ३ स्थित जयगढ बजारमा मंगलबार राती भीषण आगलागी भएको हाे । आगलागीबाट २७ घर टहरा पूर्ण रुपमा जलेर नष्ट भएको अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार ३० परिवार पीडित भएका छन् । आगलागीबाट १० ढुंगाको पक्कीघर, १५ जस्तापाताको छानो भएका घर र दुई वटा सिमेन्टेड घर जलेका छन् । तीमध्ये ११ वटा पसल रहेको उनले बताए ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार ७ करोडभन्दा बढीको क्षती भएको छ ।

जयगढ बजारको एक पसलमा ग्यास सिलिन्डर पडकिएर मंगलबार राति सात बजेर २० मिनेटमा आगलागी सुरु भएको भएको हो ।

नेपाल प्रहरीले मंगलसेन नगरपालिकाको दमकल र नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा राती साढे १२ बजेमात्र आगो नियन्त्रणमा लिएको थियाे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?