माग सम्बोधन नभएको भन्दै आजपनि सडकमै शिक्षक, प्रहरीसँग धकेलाधकेलको अवस्था (तस्बिरहरू)

माग सम्बोधन नभएको भन्दै आजपनि सडकमै शिक्षक, प्रहरीसँग धकेलाधकेलको अवस्था (तस्बिरहरू)
+
-

काठमाडौं- आफ्ना मागहरू सम्बोधन नभएको भन्दै शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलतका कार्यक्रमहरू गरिरहेका छन्।

विभिन्न जिल्लाबाट राजधानी काठमाडौंमा भेला भएका शिक्षकहरूले आज पनि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर जाने बाटो ओगटेर आन्दोन गरिरहेका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विगतका सबै सहमती सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने माग राख्दै चैत्र २५ गतेदेखि काठमाडौंमा शैक्षिक हड्ताल सहित जुलुस तथा विरोध सभा कार्यक्रम गर्दै आएको छ। जसअनुसार आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वर जाने क्रममा आफूहरूले सुरक्षा कर्मलाई बिजुली बजार पुल बाट सडखण्डको ३ वटै लेनमा कार्यक्रम हुने जानकारी गराएको भनेका थिए। तर, सुरक्षाकर्मीले रोक्ने कोसिस गर्दा एकछिन धकेला धकेल-पनि भएको थियो भने बानेश्वरबाट आएका केही गाडीहरु अवरोधमा परेका थिए। सुरक्षाकर्मीले हटाउन नसके पछि त्यसपछि अवरोधमा परेको गाडीलाई शिक्षक आफैले ब्याक गराएर पठाएका थिए।

आफूहरू आन्दोलनमा उत्रिएको यतिबा दिन हुँदा पनि सरकार यस विषयमा गम्भीर नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। यता, सरकारले भने शिक्षकलाई वार्तामा बोलाए पनि उनीहरू नआएको बताउँछ।

थप तस्बिहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?