
काठमाडौँ- आसाममा पक्राउ परेर झापा हुँदै नेपाल प्रवेश गराइएका व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमानबाट भद्रपुरबाट काठमाडौँ ल्याइएको छ। उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने भएको छ।
उनका अंगरक्षक दीपक खड्कालाई सामान्य मार्गबाटै विमानस्थलबाट बाहिर निकालिए पनि उनलाई भने प्रहरीले अलग्गै बाटो प्रयोग गरेर अदालततर्फ निकालेको थियो।
करिब १२ बजेको उडानबाट झापाबाट काठमाडौँ ल्याइएको हो। भद्रपुरमा उनलाई हतकडी लगाएर विमानमा प्रवेश गराइएको थियो। उनले भद्रपुर विमानस्थलमा भनेका तिए- म आत्तिएको छैन, यो तस्करबिरुद्धको लडाइँ हो।’
उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। काँकरभिट्टा हुँदै उनलाई भद्रपुर लगेर बुद्ध एयरको विमानबाट काठमाडौँ लगिएको हो।
गत चैत १५ गते काठमाडौँ तीनकुने घटनापछि उनी फरार थिए। उनी पक्राउ परेको शुक्रबार बिहान मात्र प्रहरीले औपचारिक जानकारी दिएको हो।
चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
खबर अनुसार उनी गुवाहाटीमा ५ जनासँगै एक होटलमा बसेका थिए। त्यति नै बेलामा यो कुरा आसामका डिजी (प्रहरी महानिर्देशक)लाई थाहा भयो। त्यसलगत्तै उनले उनको आत्मसमर्पण सम्बन्धी निर्देशन दिएका थिए।
तस्बिरहरू: