
वर्ष २०८१ नेपाली चलचित्र क्षेत्रलाई राम्रै फाप्यो। चलचित्रको बजार एकदमै साँघुरो छ भन्ने दृष्टिकोण २०८१ सालमा प्रदर्शनमा आएका केही चलचित्रले तोडे। एक करोडको व्यापार गर्न पनि हम्मे हम्मे हुने नेपाली चलचित्र बजारमा अर्बौको व्यापार गरेर इतिहास रेकर्ड नै गरिदियो।
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा मात्रै ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको बक्स अफिसकाे तथ्याङ्कले छ। जुन नेपाली चलचित्र इतिहासमै नयाँ रेकर्डमा स्थापित हुन पुग्यो। र केही यस्ता चलचित्र छन् जसले दश करोड भन्दा बढीको व्यापार गर्न सफल रहे।
सधैं सहायक पात्रको चरित्रमा रमाउँदै आएका विजय बराललाई स्टार बनाइदिएको चलचित्र पूर्णबहादुरको सारङ्गीका लोकप्रियतामाथि अभिनेता बरालले भनेका छन्, ‘अब स्टार होइन कथा चल्ने समय आयो।’
सर्वाधिक लोकप्रिय रहेको चलचित्र पुर्णबहादुरको सारङ्गीले विश्वव्यापी रूपमा अर्बको व्यापार गर्यो। २०८१ को दशै र तिहारको बिचमा प्रदर्शनमा आएको शो चलचित्रले चलचित्र बजारलाई गतिशिल बनायो। शो चलचित्रको सफलताले अहिले उद्योगी तथा ठूला घरानाका व्यापारी पनि चलचित्र निर्माण खुलेर लाग्न लागेका छन्।
‘स्टार हिरो’ले नै चलचित्रले व्यवसायिक सफलता पाउन सक्छ भन्ने वितरक तथा निर्माताको भ्रमलाई नमजाले तोडिदियो, चलचित्र पूर्णबहादुरको सारङ्गीले। सधैं सहायक पात्रको चरित्रमा रमाउँदै आएका विजय बराललाई स्टार बनाइदिएको चलचित्र पूर्णबहादुरको सारङ्गीका लोकप्रियतामाथि अभिनेता बरालले भनेका छन्, ‘अब स्टार होइन कथा चल्ने समय आयो।’
भोजपुरी चलचित्रमा रमाइरहेका बिराजको ‘कम ब्याक’ले नेपाली चलचित्रमा ‘एक्सन फिल्म’ पनि फर्कायो। र एक्सन चलचित्रमा हिरोको विकल्प खोजिरहेका नेपाली दर्शक र चलचित्र उद्योगले नयाँ हिरो पायो।
त्यसैगरी चलचित्र ‘१२ गाउँ’ले नसोचेकै सफलता दियो। बक्स अफिसमा १२ गाउँले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ। दशैकै आसपास प्रदर्शनमा आएको १२ गाउँले अभिनेता बिराज भट्टलाई निर्देशकका रूपमा स्थापित गर्यो भने उनका छोरा समीर भट्टलाई नेपाली चलचित्रमा स्टारका रूपमा पहिचान दियो। भोजपुरी चलचित्रमा रमाइरहेका बिराजको ‘कम ब्याक’ले नेपाली चलचित्रमा ‘एक्सन फिल्म’ पनि फर्कायो। र एक्सन चलचित्रमा हिरोको विकल्प खोजिरहेका नेपाली दर्शक र चलचित्र उद्योगले नयाँ हिरो पायो।
दिपकराज गिरी र दिपाश्री निरौलाको सहकार्यमा बनेको चलचित्र छक्का पन्जाको पाँचौ श्रृंखला ‘छक्कापञ्जा—५’ले बक्स अफिसमा १५ करोड २० लाखको कारोबार गरेको छ। कुनै पनि सामाजिक मुद्दालाई रमाइलो गरी प्रस्तुत गर्दै आएका दिपक-दीपाको चलचित्रलाई एक्सन प्रधान चलचित्र १२ गाउँको मारमा पर्ने भयो भन्ने चिन्ताका बाबजुद पनि राम्रै व्यापार गर्याे। दीपाश्री निरौलाको निर्देशनमा तयार भयो शो चलचित्रलाई २०८१ राम्रै फाप्यो । तर अघिल्लो छक्कापन्जाले गरेको व्यापार अघिल्लोको तुलनामा घटेको छ।
८१ को बैशाख १४ गते प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ले पनि नपत्याउने सफलता पायो। प्रदर्शनका सुरुवाती चरणमा सामान्य रूपमा हेरिएको चलचित्र बोक्सीको घरले बक्स अफिसको तथ्याङ्क अनुसार १० करोड २ लाख ग्रस गरेको छ। अभिनेत्री केकी अधिकारीको चौतर्फी प्रशंसा हुनुको साथै रंगकर्मी सुलक्षण भारतीलाई निर्देशकका रूपमा पनि स्थापित गर्यो।
फागुन २९ मा प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले पनि बक्स अफिसमा भव्य सफलता पाएको छ। तेस्रो सातामा प्रवेश गरेको अञ्जिलाले बक्स अफिसमा ७ करोड ५० लाखको कारोबार गरेको छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोल रक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। निर्देशक मिलन चाम्सले निर्देशन गरेको र खेल तथा खेलाडीमाथि बनेको चलचित्र पहिलोपटक नेपालमा सफलत भएको छ।
प्रदर्शनमा आएका चलचित्रकाे संख्या अनुसार व्यावसायिक सफलता पाउने चलचित्र अत्यन्तै न्युन हो र पनि नेपाली चलचित्र बजारलाई २०८१ साल फापेको बताउँछन् चलचित्रकर्मी।
दिनेश राउत निर्देशित ‘पूजार सार्की’ले ७ करोड ३७ लाख व्यापार गरेको छ। अन्तरजातीय विवाहमा बनेका चलचित्रहरू चल्दैन भन्ने विश्वासलाई घरेलु बजारमा ‘पुजार सार्की’ले तोड्यो। त्यसैगरी रुकुम रोल्पाका मगरहरूको संस्कृति, संघर्ष र मान्यतालाई चलचित्रमा उतार्न सकेका अनिल बुढामगर निर्देशित ‘घरज्वाई’ले ५ करोड ९ लाख कमायो। अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ले ४ करोड ८४ लाख, उपेन्द्र निर्देशित चलचित्र ‘मनसरा’ले ४ करोड ७८ लाख र कुमार कट्टेल निर्देशित ‘लाज शरणम’ ४ करोड ३४ लाख रुपैयाँ ग्रस गरेको छ।
२०८१ मा प्रदर्शमा आएका ६२ चलचित्र मध्ये एक दर्जन बढी चलचित्रले सुखद् व्यापार गरे। प्रकाश सपूत निर्देशित चलचित्र ‘वसन्त’ दोस्रो हप्तामा प्रवेश गरेको छ भने चैत्र २९ देखि चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ प्रदर्शनकै क्रममा छन्। बाँकी प्रदर्शनमा आएका चलचित्रकाे संख्या अनुसार व्यावसायिक सफलता पाउने चलचित्र अत्यन्तै न्युन हो र पनि नेपाली चलचित्र बजारलाई २०८१ साल फापेको बताउँछन् चलचित्रकर्मी।
यसर्थ, बलियो कथालाई फरक शैलीमा भन्न सकेमा नेपाली चलचित्रको बजार फराकिलो रहेकाे चलचित्र जानकारहरू बताउँछन्।