
काठमाडाँ – सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन ‘सामसङ एन सिरिज’ बजारमा ल्याएको छ ।
सामसङ एन सिरिजमा सम्पूर्ण कुराहरु नयाँ रहेका छन्, यस्ता नवीतम कुराहरुले गर्दा यो सिरिजका टिभिहरुको कार्य क्षमता अद्वितीय एवं उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
सामसङ एन सिरिज मा नेपाली उपभोक्ताहरुका आवश्यकता एवं चाहनाहरुलाई पूरा गर्ने विशेषताहरु विद्यमान रहेका छन् । टेलिभिजनका सम्पूर्ण रेन्जहरु HD, FHD, UHD टिभिहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् । साथै स्मार्ट र नन् स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको छ ।
नेपालमा उपलब्ध २०१८ मोडेलको UHD प्रिमियम सेग्मेन्ट तथा स्मार्ट कन्सर्न रेन्जहरु उपलब्ध रहेको छन् ।
UHD टिभिमा Dynamic Crystal Color प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिको प्रयोगसँगै अब दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटि प्राप्त गर्न सक्नेछन् ।
Smart concert मोडेलहरु HDR प्रविधिद्वारा सुसज्जित रहेका छन् ।Smart Concert का N5300 तथा N4300 मोडेलमा विशेष श्रव्य प्रविधि रहेको छ, यसले ४ सराउन्डिङ्ग च्यानलहरुमा अद्वितीय ४० वाट साउन्ड प्रदान गर्दछ । यसले वास्तवमै जादुमय श्रव्यको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
Samsung N-Series टेलिभिजनहरु सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मार्फत् नजिकैको आधिकारिक विक्रेतामार्फत् खरिद गर्न सकिने छ ।