
काठमाडौं– प्रान कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । महिनावारी भएको समयमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड र बालबालिकाले प्रयोग गर्ने बेबी डाइपर बिहिबार एक कार्यक्रमकाबीच प्रानले सार्वजनिक गरेको हो।
सन् २०१७ बाट उत्पादन गर्दै आएको सेनेटरी प्याड प्रानले बिहिबार नेपाली बजारमा उपलब्ध गराएको हो । यी सामाग्रि गुणस्तरीय र शुलभ मुल्यमा पाइने प्रानका सार्क राष्ट्रका ब्राण्ड मेनेजर रिजवान कविरले बताए।
महिनावारी भएको बेला धेरै कतिपय नेपाली महिलाहरुले अझैपनि फोहोर कपडाको प्रयोग गर्ने गरेका छन् । यसबाट संक्रमण समेत हुने गरेको छ।
आफ्नो उत्पादनले सुलभ मुल्यमा उपलब्ध गराएका सेनेटरी प्याडले महिलाहरुलाई सचेतना दिन समेत सहयोग गर्नेछ।
प्रानले उत्पादन गरेको सेनेटरी प्याड नेपाली महिलाहरुको स्वास्थ्यका लागि अत्यन्तै उपयोगी र सुरक्षित रहेको नेपालका लागि प्रान कम्पनीको अधिकृत विक्रेता सुदिन इन्टरनेशनशलका हेड अफ सेल्स मिनराज पौडेलले बताए।
महिनावारीको समयमा महिलाले सेनेटरी प्याड प्रयोग गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने तथा आफूलाई महिनावारी भएको समयमा सुरक्षित समेत महशुस गर्ने विस्वास लिएको प्रानले जनाएको छ। हाल सेनेटरी प्याड विभिन्न तीन प्रकारमा (नर्मल, अल्ट्रा र हेभी) साईजमा उपलब्ध छ । यी सामाग्री महिलाहरुले आफ्नो आवश्यकता अनुकुल प्रयोग गर्न सक्नेछन्।
यसैगरी प्रानले बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै किड स्टार बेबी डाइपर पनि बजारमा ल्याएको छ । दक्षिण एशियाका बिभिन्न देशमा सन् २०१७ बाट यी सामाग्री उपलब्ध भएपनि नेपालमा भने आएका थिएनन्।
किड स्टार बेबी डाइपर प्रयोग गर्दा बालबालिकाको छालामा कुनै पनि संक्रमण हुँदैन । किड स्टार बेबी डाइपर हाल ४ साईज (स्मल, मिडियम, लार्ज, एक्ट्रालार्ज) मा उपलब्ध छ। किड स्टार बेबी डाइपर बालबालिकालाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ।
सन् १९८१ बाट बंगलादेशमा स्थापना भएको बहुराष्ट्रिय कम्पनी प्रानले नेपाली उपभोक्ता माझ सन् २००८ यता १५० भन्दा बढी प्रकारका गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आइरहेको छ।
प्रानले १० प्रकारका सूचि अन्तर्गत ४ सय भन्दा बढी खाद्य उत्पादनहरू उत्पादन गर्दै आइरहेको छ । प्रानका उत्पादनहरु विश्वका १३४ देशमा उपलब्ध छन्।
बंगलादेशमा सन् १९८१ बाट जुस उत्पादन थालेको प्रानले नेपालमा प्रानले खाद्य वस्तुदेखि पेय पदार्थ, विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स लगायतका उत्पादन भित्र्याएको छ।
अन्तर्राष्ट्रिय आईएसओ २००१ मान्यता प्राप्त प्रानका उत्पादनहरुले नेपाल सरकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट समेत मापदण्ड पूरा गरेको छ।