शेयर बजारको वृद्धि टिकेन

शेयर बजारको वृद्धि टिकेन
+
-

काठमाडौं-पहिलो चरणको निर्वाचन पछि गत साता ४४.४३ अकंले बढेको शेयर बजार यो साता कारोबार भएको पहिलो दिन १०.९ अकंले घटेको छ। गत बिहीबार १५३७.९१ अंक रहेको नेप्से परिसूचक सोमबार १५२६.७७ अंकमा पुगेको छ।

आइतबार उभौली पर्वको सार्वजनिक बिदा परेकाले शेयर बजार सोमबार मात्र खुलेको हो। कारोबार सुरु भएको २० मिनेटपछि नै ओरालो लागेको बजारमा साताको दोस्रो दिन १५७ कम्पनीका १० लाख १६ हजार कित्ता शेयर खरिद बिक्रि भएका छन्।

यस्तै नेप्से परिसूचक घटेको बजारमा कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ५ हजार ५ सय ८६ कारोबारबाट ५४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यता, नेप्से परिसूचक ओरालो लाग्दा होटल र उत्पादन मूलक बाहेकका उप-सूचकहरु ओरालो लागेका छन्। सबैभन्दा बढी बीमा उपसूचक १०४.५९ अंकले घटेको छ।

होटल उत्पादनमूलक क्रमश १८.९३ र ५.३५ अंकले उकालो लाग्दा माइक्रोफाइनान्स २०.०६, विकास बैंक १४.७२, बैकिङ ८.२३, अन्य ७.२३ अंक, फाइनान्स ३.४८ र जलविद्युत उपसूचक १.१ अंकले ओरालो लागेको छ।
पूर्व बैंकर तथा शेयर बजार विश्लेषक अनल राज भट्टराईले लगानीकर्ताले नाफा बुक गरिरहेकाले बजार घटेको बताए। यस्तै बजारमा खरिद भन्दा पनि बिक्रि प्रेसर भएकाले बजार घटेको एक ब्रोकरको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?