देशकै पहिलो हरियो बोतल पुन:प्रशोधन केन्द्र चितवनमा

देशकै पहिलो हरियो बोतल पुन:प्रशोधन केन्द्र चितवनमा
+
-

चितवन– चितवनको भरतपुरमा देशकै पहिलो हरियो प्लास्टिकको बोतल पुन:प्रशोधन केन्द्र निर्माण गरिएको छ। उक्त प्रशोधन केन्द्रको शुक्रबार उद्घाटनसमेत गरिएको छ।

उद्घाटन कार्यक्रममा दक्षिण एशिया सहकारी वातावरण कार्यक्रम (एसएसीईपी)का महानिर्देशक नोरबु वाङछुकले प्लास्टिक व्यवस्थापनमा दक्षिण एशिया विश्वकै सबैभन्दा कमजोर रहेको भन्दै यस प्रशोधन केन्द्रले यहाँको प्लास्टिक व्यवस्थापनमा ठुलो सहयोग हुने अपेक्षा ब्यक्त गरे।

उनले बागमती नदीमा पुनःनुहाउन सकिने गरी फोहोरको व्यवस्थापन हुन सक्नेसमेत आशा ब्यक्त गरे।

यस्तै वरिष्ठ वातावरणविद् एवम् प्लिज कार्यक्रमका टास्क टिम लिडर जोसेफ एम. अप्पियाहले दक्षिण एशियामा प्लास्टिक प्रदूषण ठूलो सङ्कट रहेको बताए। उनले प्रशोधन केन्द्रले प्लास्टिक व्यवस्थापनमा आफूहरू एक हिस्सा बन्न सफल भएको पनि बताए।

क्याप कार्यक्रम अन्तर्गत बनाइएको यस प्रशोधन केन्द्रले व्यापक भौगोलिक क्षेत्र समेट्नुका साथै विद्यालयका बालबालिका, युवा, अनौपचारिक फोहोर संकलक, माछा मार्ने समुदाय र बोटे समुदायलाई पनि सक्रिय रूपमा संलग्न गराएर साझा समाधानमा जोड दिने बताइएको छ।

क्याप कार्यक्रम दक्षिण एसियाका लागि प्लास्टिकमुक्त नदी र समुद्र (कृपया) र एसएसीईपीद्वारा सञ्चालित कार्यक्रम हो। जसलाई विश्व बैंक र युएनओपीएसको सहयोग रहेको छ। 

क्रियसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्राले दूरदृष्टि र नेतृत्वका कारण यो परियोजना यथार्थमा परिणत भएको सराहना गरेका थिए। उनले यस प्रशोधन केन्द्रलाई थप विस्तार गर्नेसमेत बताए।

तस्बिर: बर्षा शाह/देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?