
काठमाडौँ – एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्तगर्त तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । तेस्रो हप्ताका विजेताहरु मंगलबार (असोज ९ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।
तेस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये आठ जनाले बिहिबार जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् ।
यस हप्ताका घोषित कुल १० जना विजेताहरु मध्ये एक जनाको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ भने एक जना विजेता योजनाको शर्त बमोजिम पुरस्कार पाउनका लागि अयोग्य ठहरिएकोले उनको स्थानमा एक नयाँ भाग्यशाली ग्राहकको छनौट अर्को हप्ता गरिने एनसेलले बताएको छ ।
एनसेलले भाग्यशाली विजयी ग्राहकहरुलाई काठमाडौँ लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गर्नेछ ।
एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रम माझ तेस्रो हप्ताका आठ विजयीहरु तिलमाया मानन्धर (स्याङ्जा), माधव भण्डारी (दाङ्ग), मिरा चेपाङ्ग (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्म कुमारी दंगाल (सिन्धुपाल्चोक) लाई जनही रु एक लाख नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् ।
यो योजना अन्तगर्त प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै दिने गरेको छ।
यो योजना साप्ताहिक चक्रमा संचालन भइरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।
प्रत्येक हप्ताको १० ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ।