प्रदेश ७ को राजधानी र नामका लागि आज मतदान, धनगढी बिहानैदेखि अशान्त

प्रदेश ७ को राजधानी र नामका लागि आज मतदान, धनगढी बिहानैदेखि अशान्त
+
-

धनगढी – प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो आज (शुक्रबार) लाग्दैछ । त्यसका लागि बिहान साढे ११ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

तर प्रदेशको राजधानी धनगढीबाट नसार्न माग राख्दै बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदेशसभाको मुलगेटमा जम्मा भएका धनगढीका स्थानीय बासिन्दाले नाराबाजी गरेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले सांसदलाई प्रदेशसभा भवनको मुल गेटबाट प्रवेश गर्न नदिएपछि पछाडिको गेटबाट प्रवेश गराईदैछ । प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ ।

उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले असहमति जनाएका छन् । आज प्रदेशसभाका सदस्यहरुबीच मतदान प्रक्रियाबाट बहुमतले नाम र राजधानी तोकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन । सत्तापक्षसग स्पष्ट बहुमत भएका कारण प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ हुने लगभग निश्चित जस्तै छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?