
धनगढी – प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दाहरु अहिले प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।
बिहान साढे ११ बजे प्रदेशसभाको बैठक बस्दैछ । तर प्रदर्शनकारीहरुले प्रदेशसभाका सदस्यहरुलाई मुलगेटबाट भित्र जान दिएका छैनन् ।
उनीहरुलाई पछाडिको गेटबाट कडा सुरक्षाकाबीच भित्र लगिदैछ । प्रदेशसभा वरपर ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।
स्थानीय बासिन्दाले वन फडानी गर्नका लागि केही नेताहरुले राजधानी गोदावरी (वन क्षेत्र)मा लग्न खोजेको आरोप लगाइरहेका छन् ।
केहीबेरमा प्रदेशसभा बैठक सुरु हुँदैछ ।