
धनगढी – प्रदेश सात को प्रस्तावित नाम र राजधानीका विषयमा असहमति जनाउदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी सुुरु गरेको छ ।
बिहान साढे ११ बजे बसेको प्रदेशसभा बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी स्वीकार्य नहुने अडान लिएका छन् ।
प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ ।आज मतदान प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउन कार्यतालिका रहेको छ ।
प्रदेश ७ मा कांग्रेसका १२, सत्तारुढ दल नेकपाका ३९, र राजपाका २ गरि ५३ सांसद छन । कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।