
अ
+
अ
अ
-
काठमाडौं- शिक्षक आन्दोलनको २१ औं दिन आज पनि शिक्षकहरू सडकमै छन्।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन जारी राखेका शिक्षकहरू आज पनि कम संख्यामा देखिएका छन्।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान लिएका शिक्षकहरू लामो समयदेख माइतीघर-बानेश्वरको सडकमा छन्।
यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेपनि शिक्षकहरू आज पनि सडकमा छन्।
तर, सडकमा सहभागी शिक्षकको संख्या भने विस्तारै पातलिँदै गएको छ। शिक्षकहरू क्रमिक रुपमा फर्किने क्रम जारी छ।
थप तस्बिरहरू: