
अ
+
अ
अ
-
काठमाडौँ – नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पदभार ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पन्तले पदभार ग्रहण गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका थिए।
यसअघि एमालेबाटै शिक्षामन्त्री रहेकी विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन्।