काठमाडौं महानगरपालिका पूर्ण खोपयुक्त

काठमाडौं महानगरपालिका पूर्ण खोपयुक्त
+
-

काठमाडौँ- महानगरपालिकालाई पूर्ण खोपयुक्त महानगर घोषणा गरिएको छ।

राजधानीमा आइतबार एक कार्यक्रम आयोजना गरी महानगरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो।

महानगरका ३२ वटै वडाका १२ देखि २३ महिनासम्मका बालबालिका एक वर्षको उमेरभित्र पूर्ण खोपको पहुँचमा पुगेपछि स्वास्थ्य मन्त्रालयले महानगरलाई पूर्ण खोपको सुनिश्चितता गरेको हो।

स्वास्थ्यमन्त्री दीपक बोहोराले सरकारले निःशुल्क प्रदान गर्दै आएका ११ प्रकारका रोग विरुद्धका खोप महानगरका सबै बालबालिकाले पाइरहेको बताए।

अन्य क्षेत्रलाई पनि पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने तयारीमा मन्त्रालय रहेको उनको भनाइ थियो।

कार्यक्रममा पूर्ण खोपयुक्त महानगर हुनुमा स्थानीय स्वास्थ्य स्वयमसेविकाको महत्वपूर्ण योगदान रहेकोबारे चर्चा गरिएको थियो।

र, उनीहरुलाई सम्मान समेत गरिएको थियो। सरकारले अभियानमा स्थानीय स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका र वासिन्दाको सक्रियतामा पाँच वर्षदेखि विभिन्न जिल्ला, गाउँपालिका र नगरपालिलाई पूर्णखोप युक्त बनाउने अभियान चलाइरहेको छ।

यो पनी हेर्नुहोस्: 

रेविजबिरुद्धको आधुनिक खोप उपत्यका बाहिर पनि

नेपालमै बन्ने भयो अब सिटामोल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?