
काठमाडौँ– भीड, कोलाहलको परिचय बोकेको देशको राजधानी काठमाडौँ बेलाबेलामा भने रङ्ग भरिका मौसमी फूलहरूले ती भीड, कोलाहलाई बिर्साइदिन्छ।
यस वर्ष चैत महिनाभर वायु प्रदूषणका कारण काठमाडौँ सहर विश्वमै पहिलो नम्बरमा रहेर रेकर्ड राखिरह्यो। बैशाखको पहिलो हप्तातिर भएको वर्षाले अहिले वायु प्रदूषण केही कम भएको छ।
वायु प्रदूषण कम हुनुका साथै अहिले ज्याकारान्डाले रङ्ग भरेर काठमाडौँको सुन्दरलाई बढवा दिएको छ। वसन्तयाममा ज्याकारान्डा काठमाडौँको ठाउँ-ठाउँमा फूलिदिएर जोकोहीलाई स्वागत गरिरहेको छ।
सिंहदरबार क्षेत्र, सुन्धारा, रत्नपार्क, घण्टाघर,ललितपुरको लक्ष्मीस्थान लगायतका ठाउँमा वैजनी रङ्गसहित ज्याकारान्डाले काठमाडौँमा रौनक थप्नमा मद्दत गरेको छ।
विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन्। यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ। यहाँ फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो ।
यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिशिष पनि भनिन्छ। तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन्। यसलाई रैथाने भन्दा पनि आगन्तुक अर्थात पाहुना फूल भन्ने गरिन्छ।
यो फूल मध्य तथा दक्षिण अमेरिकाबाट आएको विज्ञले बताएका छन्। दक्षिण अमेरिकाबाट भारतसम्म आएको यो फूल त्यहाँ काम गर्ने विशेषतः लाहुरेहरुबाट नेपाल आएको मानिन्छ।
तस्बिरहरू