
नेपालगन्ज – बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ की ३४ वर्षीया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरिहित पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउनसुगर फेला परेको हो ।
लागुऔषधका कारोबारीले महिलालाई भरिया बनाएको पाइन्छ। पुष्पाको हकमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।