
काठमाडौं– सानिमा बैंकले सुरक्षित भिजाकार्ड अनलाइन भुक्तानी सेवाको सुरुवात गरेको छ । यस सेवाबाटग्राहकहरुले सानिमा बैंकका सबै भिजा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोवार गर्न सक्नेछन।
यो सेवाका लागि ग्राहकहरुलेबैंकको वेवसाइट https://www.sanimabank.com/article-verifiedbyvisa मा भिजा कार्डका आवश्यक जानकारी उपलब्ध गराई सुचारु गर्न सक्नेछन् । यो सेवा लिइसके पछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ्ग, एयरलाइन्स टिकट, शपिङ्ग जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन।
साथै, ग्राहकहरुले यही सेवा प्रयोग गरि एती एयरलाइन्सको अनलाइन टिकट खरिद गरे बापत २ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।