
विराटनगर- जिल्ला शिक्षा कार्यालय मोरङले केही दिनदेखि जारी चिसोका कारण जिल्लाका नीजी तथा सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको छ।
कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारबाट लागू हुने गरी पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो। चिसोका कारण बालबालिकाको पठनपाठनमा समस्या उत्पन्न भएको बताइएको छ।
बिहानैबाट विद्यालय आउन चिसोका कारण असहज भएको कार्यालयको भनाइ छ। जारी विज्ञप्तिमा वर्षे विदाबाट विदा मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। यद्यपि परीक्षाका कारण केही नीजी विद्यालयले परीक्षाको अनुकूल अवस्थापछि मात्र बिद्यालय बन्द गराउने एनप्याब्सन मोरङले उल्लेख गरेको छ।
एनप्याब्सनका अध्यक्ष सुनील पौडेलका अनुसार, केही विद्यालयमा परीक्षा भइरहेको र परीक्षा सकिन लागेको विद्यालयहरु एक दुईदिनपछि बन्द हुनेछन्। हाल मोरङ जिल्लामा ५ सय ९६ वटा सामुदायिक विद्यालय र ३ सय ८४ निजी विद्यालय संचालनमा रहेका छन्।
यो पनी हेर्नुहोस्: