जाजरकोटमा अज्ञात रोगका कारण दुई सय भन्दा बढी भेडा मरे

जाजरकोटमा अज्ञात रोगका कारण दुई सय भन्दा बढी भेडा मरे
+
-

हुम्ला- जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगकोले दुई सयभन्दा बढी भेडा मरेका छन् । भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित र निराश बनेका छन् ।

रोग पत्ता नलाग्दा उपचार सम्भव नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष रामबहादुर सिंहले उपचारमा स्थानीय पशु स्वास्थ्यकर्मीहरू खटिएका छन् ।

भेडालाई पखाला लाग्ने र धमाधम मर्ने गरेका छन् । उनले जनप्रतिनिधि र स्थानीय पशु स्वास्थ्यकर्मी उपचारमा खटिएका बताए । तर मर्ने क्रम भने रोकिएको छैन ।

अधिकांश किसानका भेडा मरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयकाले भेडाको स्वाब, रगत, आन्द्राको भाग सुर्खेत ल्याबमा पठाएको जनाएको छ ।

रिपोर्ट नआउन्जेल कसरी कुन रोगको उपचार गर्ने भन्ने समस्या भएको उपचारमा खटिएका पशु स्वास्थ्यकर्मीले बताएका छन् । उपचारमा खटिएका एक पशु स्वास्थ्यकर्मीले यहाँ पर्याप्त औषधि पनि नभएको र जिल्लाबाट खासै चासो दिएको नपाइएको बताए ।

खटिएका पशु स्वास्थ्यकर्मीबाट मात्रै उपचार सम्भव नभएको उनले बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालयले केही दिन अघि डाक्टर सहितको टोली पठाएर स्वाब सङ्कलन गरे पनि त्यसपछि जनशक्ति खटाएको देखिँदैन् ।

भेडा मर्न थालेपछि किसानहरूमा निराशा छाएको छ । कृषिमा निर्भर स्थानीय किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो । सयौँको सङ्ख्यामा भेडा मरेपछि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने किसानहरूले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?