
धनगढी- बाजुराको बडीमालिका क्याम्पसका सह-प्राध्यपक नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन् ।
बुढीगंगा नगरपालिका- ६ सायल घर भएका ३८ वर्षीया थापा सोही वडाको फालासैन बजार नजिक साँफे-मार्तडी खण्डको बायाँ पट्टी नालीमा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
थापालाई बुधबार सडकको छेउमा मृत अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिएका छन् ।
थापाको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।