
अ
+
अ
अ
-
पाल्पा- प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव शुक्रबारबाट सुरु भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव- २०८२ को उद्घाटन गरेका हुन् ।
नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालग्राम दिवसकाे अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाकाे सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिकाे व्यवस्थापनमा महाेत्सव आयाेजना गरिएको छ ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ ।
रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण स्थलमा आयाेजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । महाेत्सव २ दिनसम्म चल्नेछ ।