पश्चिम नेपालमा ‘आइभीएफ’ सेवा दिन अघि बढेका डा. शाह

पश्चिम नेपालमा ‘आइभीएफ’ सेवा दिन अघि बढेका डा. शाह
+
-

नेपालगन्ज – डा. कुमारशान शाह मान्छेले जहिले पनि ठूलो सोच राख्नु पर्छ भन्छन्। उनलाई सानो र काम चलाउ सोच बनाउन मन पर्दैन। डा. शाह आफ्नो ठाउँ आफै बनाउनु पर्छ भन्ने मान्यता राख्छन्। ठाउँको विकास हुन पूर्वाधारहरु बन्नु पर्छ। जनशक्ति चाहिन्छ। त्यस्तो जनशक्ति त्यही ठाउँका हुनु पर्छ। बाहिरबाट आएकाबाट सोचेजस्तो गर्न सकिँदैन।

डा. शाहले अहिले नेपालगन्जको चारबाहिनीरोडमा सय बेडको अस्पताल बनाइरहेका छन्। हेल्थ केयर अस्पताल तथा प्रसुती गृह (एचसीआरसी) मा ठूलो लगानी गरिरहेका डा. शाहले पश्चिम नेपालमै नभएको टेष्टट्युव बेबी (आइभीएफ) सेवा सुरु गर्न थालेका छन्। आइभीएफ सेवा काठमाडौं, चितवन र पोखरामामात्रै छ। चितवन पश्चिमका बाँझोपन अर्थात निसन्तान दम्पतीका लागि यो सेवाले धेरै खुशी दिन सक्छ। डा. मञ्जु बिसी शाहले आइभीएफमा फेलोसिप गरेकाले डा. शाहलाई यो सेवा सञ्चालन गर्न आँट आएको छ। डा. शाह र डा. बिसी दम्पती हुन्।

आइभीएफ अर्थात आमाको अण्डा र बुवाको बीर्य निकालेर अण्डा र बीर्यलाई मिलाएर बच्चा बनाउने। ५ दिनसम्म टेष्टट्युवमा फ्रिजिङ गरेर राख्ने र त्यसपछि आमाको गर्भासयमा राखिन्छ। सोझो भाषामा भन्दा बाहिर बच्चा बनाएर पाठेघरमा राखिन्छ। पाठेघरमा बच्चा राखेपछि ९ महिनासम्म चिकित्सकले रेखदेख गर्छन्। गर्भवती महिला चिकित्सकको सल्लाह अनुसार समय–समयमा जाँच गराउन जानु पर्छ। यो सेवाका लागि ३÷४ लाख रुपैया खर्च लाग्छ, आमाको अण्डा र बाबुको बीर्य भएमा। अब अण्डा र बीर्य नै किन्नुपर्‍यो भने अलि महंगा हुन जान्छ। डा. शाहका अनुसार, बच्चा बसाउन भन्दा पनि त्यसपछिको जाँचमा टाढा घर भएकालाई आवतजावतमै बढी खर्च हुन्छ। यो सुविधा नेपालगन्जमै दिन सकेमा यस क्षेत्रका मानिसलाई टाढा जानु पर्दैन। आफ्नै ठाउँबाट सेवा पाउँछन्। यसले एउटा सुविधा थप्छ। अर्को क्याथल्याव राख्ने उनको योजना रहेको छ।

अस्पतालमा साधारण विरामी त उपचार भइहाल्छ। जनरल सेवा सबै दिएका छन्। डा. शाह क्रिटिकल सर्भिस दिन सकेमा यस क्षेत्रका मानिसलाई काठमाडौं र भारतको लखनउ जानु पर्दैन भन्नेमा छन्। काठमाडौं र लखनउ जाने विरामीलाई यही रोक्ने अभियानमा छन्। राम्रो उपचार दिन सकेमा बिरामी बाहिर जादैनन् भन्नेमा डा. शाह ढुक्क छन्।

ठाउँको विकास गर्न सबैले एउटै होइन, फरक–फरक सुविधा दिनु पर्छ। डा. शाहलाई लाग्छ, अब नेपालगन्जमा कसैले अस्पताल बनाउन चाह्यो भने एचसीआरसी भन्दा ठूलो र राम्रो बनाउनु पर्छ। उस्तै र उत्तिनै सेवा र संरचना बनाएर त हुँदैन। यो भन्दा राम्रो बनाउने अर्को हिम्मतदार आएमा ठाउँको विकासमा अझ अर्को इट्टा थपिन्छ।

जाजरकोटको खलंगामा जन्मिएका डा. शाह नर्सरीदेखि आठ कक्षासम्म काठमाडौंको ज्ञानमन्दिर मावि, बालाजुमा पढे। ९ र १० कक्षा जाजरकोटको त्रिभुवन माविमा पढे। एसएलसी यहीँबाट दिए। त्यसपछि रसिया गएर एमबीबीएस पढे। ६ महिना प्रिइन्टर्न बीर अस्पताल र एक वर्ष इन्टर्नसीप नेपालगन्जको भेरी अस्पतालमा गरे। त्यही इन्टर्नसीप गरेको भेरी अस्पतालमा सन् २००२ देखि जागीर खाए। सन् २००८ मा एमडी पढ्न रसिया गए। सन् २०१२ मा आएर भेरीमा जोडिए। स्त्री रोग विशेषज्ञ ४८ वर्षीय डा. शाहले यही चैत्र १ गतेदेखि भेरी अस्पतालको जागिर छोडेर आफ्नै अस्पतालमा लागेका छन्।

केही वर्षअघि जाजरकोटमा ठूलो भूकम्प गयो। नेपालगन्जमा रहेका डा. शाहले आफ्नो एकल सहयोगमा एक गाडी खाद्यान्न र कपडा पठाइदिए। आफू जन्मेको ठाउँ भएकाले जाजरकोटको उनलाई माया लाग्छ नै। रोटरी क्लव सेन्ट्रल बाँकेमा आवद्ध रहेका डा. शाह चार्टर्ड प्रिन्सिडेन्टसमेत हुन्। कोभिडको बेला स्वास्थ्य शिविर सञ्चालन, बाढी र आगलागी पीडितलाई सहयोग, अहिले पनि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गरेर दूरदराजका मानिसको सेवा गर्छन् डा. शाह। उनले राप्ती नदी तटमा बनाउन थालिएको आधुनिक दाहसंस्कारस्थलसहितको वैकुण्ठधामका लागि ७ लाखबढी सहयोग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?