लुम्बिनीः शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिइने

लुम्बिनीः शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिइने
+
-

दाङ – लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर सुधारलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउने भएको छ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नीति तथा कार्यक्रमसँग जाेडिएकाे विषयमा नेपाल शिक्षक महासंघ, विभिन्न शिक्षक संघसंगठन, विश्वविद्यालयका प्रमुख तथा प्रतिनिधिहरू र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला पक्षसँग शुक्रबार राप्ती उपत्यका (देउखुरी)मा विस्तृत छलफल गरेका हुन्।

मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षा प्रदान गर्न नीतिगत स्पष्टता आवश्यक भएकाले सरकारले त्यसमा विशेष ध्यान दिने बताए। उनले सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्ने लक्ष्यसमेत नीति तथा कार्यक्रममा राखिने जानकारी दिए।

उक्त छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव वसन्तप्रसाद कोइराला, लुम्बिनी प्रदेशका पेशागत शिक्षक संघ, संगठन तथा पब्लिक क्याम्पसका प्रतिनिधिहरूको सहभागीता रहेको थियो। छलफलको क्रममा २०८२/०८३ को नीति तथा कार्यक्रमसम्बन्धी विषयमा सुझावहरू संकलन गरिएको थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?