जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि दुई करोड बजेट निकासा

जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि दुई करोड बजेट निकासा
+
-

हुम्ला- जुम्ला विमानस्थल स्तरोन्नतीको बाटो खुलेको छ । वर्षैदेखि स्तरोन्नती हुने भनिए पनि विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो ।

सरकारले जगा अधिग्रहणका लागि पहिलो किस्ता बापत दुई करोड रुपौयाँ निकासा गरेसँगै विमानस्थल विस्तारको बाटो खुलेको छ ।

चालु आर्थिक वर्षभित्र जुम्ला विमान स्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो । कार्यान्वयन नभएपछि विमानस्थल विस्तार हुने आस जुम्लावासीले मारिसकेका थिए । आवश्यक बजेट एकैमुष्ठ पठाइने भनिएको थियो । तर, सबै ठाउँका विमानस्थलमा निकासा दिनुपर्ने भएकोले पहिलो किस्ता दुई करोड निकासा भएको र बाँकी बजेट एक/डेढ महिनाभित्रै निकासा हुने भएको छ ।

यो महिनाभित्र बाँकी आठ करोड निकासा गर्न लागि सबै पक्षसँग छलफल भइसकेको  र क्यानले विवरण पठाउन भनिसकेकाले क्यानवाट बजेट मागको पत्र अर्थमा पठाउने तयारी  रहेको जनाइएको छ ।

विमानस्थल विस्तारको विषय लामो समयदेखि चर्चामा रहे पनि परिणाम नदेखिएपछि नागरिकले विश्वासै गर्न छाडेका थिए ।

विमानस्थल विस्तार प्रक्रिया सुरु हुने हल्लासँगै राजनीतिक दल पिच्छेका नेताले श्रेय लिने होडवाजीका कारण रोकिँदै आएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?