आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ: मुख्यमन्त्री आचार्य

आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ: मुख्यमन्त्री आचार्य
+
-

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताएका छन् ।

सिद्धार्थनगर नगरपालिका- ४, रुपन्देहीमा निर्माण भएको ‘द आर्ट अफ लिभिङ’ आश्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताए ।

‘ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो,’उनले भने,’जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु ।’

उनले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरू उपलब्धिपूर्ण हुने धारणा राखे । ‘समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन यस्ता अभियानहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । हाम्रो जीवन के हो ? कसरी खुशी हुने ? सुखी कसरी बन्ने ? स्वस्थ कसरी बन्ने ? भन्ने सवालमा यसले ध्यान र ज्ञानका कार्यहरूलाई अगाडि बढाउनेछ,’ उनले भने,’यी अभियानहरूमा हाम्रो साथ रहनेछ ।’

आश्रमका संयोजक दिपेन्द्र प्रधानका अनुसार साढे चार करोड रुपैयाँको लागतमा आश्रम निर्माण थालिएको हो । दान संकलन गरेर आश्रमको संरचना निर्माण भइरहेको छ । ७ कठ्ठा जग्गामा फैलिएको यस आश्रमसँगै देशभर यस्ता तीनवटा आश्रम रहेका छन् भने २६ वटा स्थानमा याेग केन्द्र रहेका छन ।

द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहका अनुसार देशका अन्य प्रदेशहरूमा पनि विस्तार गर्ने योजना रहेको छ ।

यस्तै भैरहवा आश्रमलाई युवाहरु लक्षित विभिन्न सीप विकास तालिम केन्द्रकाे रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?