बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि खुला चौरमा पढाइ

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि खुला चौरमा पढाइ
+
-

हुम्ला – हुम्लाको अदानचुली गाउँपालिकाको सूर्योदय माध्यामिक विद्यालयको भवनमा बढीले क्षति पुर्‍याएपछि खुला चौरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ।

वैशाख ५ गतेको वर्षापछिको बाढीले विद्यालयको भवनमा क्षति पुर्‍याएको थियो। कक्षा ९ का सबै ऐच्छिक विषयको पढाइ खुला चौरमा भइरहेको विद्यालयका प्रधानाध्यापक टंकध्वज खत्रीले बताए।

विद्यालयको कक्षा ९ मा ६५ जना विद्यार्थी अध्ययनरत छन्। यस्तै, कक्षा १० मा १०५ जना र कक्षा ८ मा ३२ जना विद्यार्थी रहेका छन्। प्रधानाध्यापक खत्रीका अनुसार विद्यालयमा हाल ३०० विद्यार्थी छन्।

विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ। वैशाख १९ गतेबाट विद्यालयमा पठनपाठन सुरु भएको थियो। वर्षा भएमा पठनपाठन नै बन्द हुने अवस्था रहेको उनले बताए।

बाढीको कारण एउटा भवन पुरै भत्किएको छ भने चार वटा कोठामा एक मिटरसम्म लेदो पसेकोले ढोका र झ्याल खोल्न सक्ने अवस्था छैन। बाढीले विद्यालयको स्टोर कोठामा समेत क्षति पुर्‍याएको छ।

हालसम्म कुनै निकायबाट पनि विद्यालय भवन पुनःनिर्माणका लागि पहल नभएको उनले गुनासो गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?