‘करबाट पारिश्रमिक लिनु उपयुक्त छैन’ भन्दै राजीनामा दिएकी सांसद्ले बुझिन् वैशाखसम्मको तलबभत्ता

‘करबाट पारिश्रमिक लिनु उपयुक्त छैन’ भन्दै राजीनामा दिएकी सांसद्ले बुझिन् वैशाखसम्मको तलबभत्ता
+
-

दाङ – जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै राजीनामा बुझाएकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले वैशाख महिनासम्मको तलबभत्ता बुझिसकेको पाइएको छ।

उनले तलब ५२ हजार २००, आवास १७ हजार, बिजुली एक हजार पाँच सय, सञ्चार दुई हजार गरी मासिक ७२ हजार ७ सय रुपैयाँ बुझ्दै आएकी थिइन्।

प्रदेश सभा सदस्यमा चयन भएदेखि उनले यो सुविधा बुझ्दै आएको प्रदेश सभा सचिवालयले जनाएका छ। बैठक भत्ता भने एक हजार रुपैयाँ रहेको छ।

बैठकमा सहभागी भएपछि मात्रै यो सुविधा पाउने गरेकी थिइन्। पाँच वटा अधिवेशनसम्म ८३ वटा बैठक बसेका छन्। जसमध्ये उनी जम्मा ३४ वटा बैठकमा सहभागी भएको पनि रेकर्डमा देखिएको छ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु,’  उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी सभामा समानुपातिक सांसद बनेकी थिइन्। अहिले उनी बेलायत रहेको त्यहीँबाट राजीनामा पठाएको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?