
हिमाल जोशी
जेठ १, २०८२

अ
+
अ
अ
-
धनगढी- बझाङ जिल्लाको बुंगल नगरपालिका- ८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित खसेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय सुका ऐडी मकै लगाउने क्रममा मंगलबार बेलुका आफ्नै खेतबाट करिब सय मिटर तल खोलामा खसेका थिए ।
दुर्घटनामा गम्भीर घाइते सुका ऐडीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यता, गोरु भने घटनास्थलमै मरेको थियो ।

