राप्तीसोनारी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

राप्तीसोनारी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
+
-

नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकाका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। पालिकाका ९ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गरिएको हो।

राप्तीसोनारी गाउँपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका १ हजार ३९९ जना बालबालिका रहेका छन्। ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन्। छुटेका १२ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ।

उनीहरु सबैले पाउनु पर्ने खोप पाइसकेपछि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आज एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्।

पालिका अध्यक्ष पौडेलले कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताए। उनले स्वस्थ बच्चा जन्मिए मात्र मुलुक समृद्ध हुने बताए। उनले लगानीको प्राथमिकता निर्धारण गर्न पनि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए।

शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकता रहेको पनि अध्यक्ष पौडेलले बताए। राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले सबैको सहयोगका कारण पालिकालाई दिगोपना घोषणा सम्भव भएको बताइन्। उनले खोप सुनिश्चितताका लागि महिला स्वंयसेविकाहरुले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको बताइन्।

उनले खोपमा सबै बालबालिकाहरुको सहज खोपका लागि खोप केन्द्र बिस्तारमा ध्यान दिइने पनि बिश्वास दिलाइन्। उनले खोप केन्द्रलाई आवश्यक बजेटको समेत प्रबन्ध गरिने प्रतिवद्वता जनाइन्।

प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एेडीले खोप नियमित अभियान भएकाले यसलाई दिगोपना सुनिश्चित गर्ने काम भइरहेको बताए। उनले खोप अभियानलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए।

स्वास्थ्य कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले खोपजन्य रोगबाट जोगाउनका लागि खोप कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। उनले १४ वटा विभिन्न रोगहरुबाट जोगाउनका लागि बालबालिकालाई ९ प्रकारका खोप दिने गरिएको जानकारी दिए।

सबै बालबालिकाले खोप लगाइसकेपछि प्रत्येक वर्ष खोप सुनिश्चित गर्ने गरिएको जानकारी दिए। राप्तिसोनारी गाउँपालिकासहित अहिलेसम्म बाँकेका ८ वटा पालिकामध्ये ६ वटा पालिकालाई खोप सुनिश्चित घोषणा गरिसकेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?