सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्णः परराष्ट्रमन्त्री

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्णः परराष्ट्रमन्त्री
+
-

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यो मञ्चमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने बताएकी छन्।

‘दक्षिण एसियाका लागि जलवायु अनुकूलन र सहनशीलता’सम्बन्धी आज काठमाडौँमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले सोही बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक पर्ने स्पष्ट गरिन्।

मन्त्री डा राणाले भनिन्, “यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्। त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा मञ्च निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरिएको हो। त्यसैले यो सबैको साझा मञ्च हो।”

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, वन डढेलोलगायत जलवायुजन्य गम्भीर प्राकृतिक विपद्को सामना गरिरहेको दृष्टान्त पेस गर्दै यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न यो कार्यक्रम महत्त्वपूर्ण रहने मन्त्री राणाले विश्वास व्यक्त गरिन्।

उनले भनिन्, “नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति बेहोरिरहेको वर्तमान अवस्थामा सामूहिक वकालत गर्न र नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।”

मन्त्री डा राणाले आगामी शुक्रबारदेखि काठमाडौँमा आयोजित हुने यस कार्यक्रम अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण मञ्च रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी दिइन्।

मन्त्री डा राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको र यससम्बन्धी नीति तथा रणनीतिक कार्ययोजना निर्माण गरी काम गरिरहेको जानकारी गराइन्। नेपाल पेरिस सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताउँदै सरकारले हरित ऊर्जाको प्रवर्द्धन, विद्युतीय सवारीसाधनको प्रयोग, सामुदायिक वनसहित वन विस्तारलाई प्रोत्साहन तथा जलाशय, राष्ट्रिय निकुञ्ज र अन्य प्राकृतिक सम्पदाको संरक्षणसम्बन्धी नीति लिएको उनले उल्लेख गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?