
हिमाल जाेशी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
प्रदेश सरकारले आगामी जेठ ११ गतेबाट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको हो ।
बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले जेठ ११ गते ११ बजे बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेकाे हाे ।
अघिल्लो अधिवेसन चैत २५ गते राति १२ बजेबाट लागु हुने गरी अन्त्य भएको थियो । दोस्रो कार्यकालको प्रदेश सभाको तीन वर्ष पुगे पनि यो प्रदेशमा हालसम्म कानुन निर्माणमा उल्लेखनीय प्रगति भएको छैन । प्रदेश सभाबाट संशोधन ऐनमात्रै बनेका छन् ।
यसैबिच, प्रदेश सभा बैठकमा विपक्षी दलले पनि अवरोध गर्दै आएका छन् । प्रदेश सरकारले फजुल खर्च कटौती गर्नु पर्ने, सुशासन कायम गर्नु पर्ने लगायतको माग राखेर अवरोध गर्दै आएका हुन् ।
प्रतिपक्षीको अवरोधकै कारण अघिल्लो अधिवेशन सूचना टाँस गरेर अन्त्य गरिएको थियो ।