
धनगढी – बाजुराको धुलाचौरमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
कोल्टीबाट धुलाचौर जादै गरेको म १ ज २३३३ नम्बरको जिप हिमाली गाउँपालिकाको धुलाचौर नजिक खिउने खोला डाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते हुनेमा हिमाली गाउँपालिका २ की २० वर्षीया सविन बोहरा, वडा नं.५ की १८ वर्षीया रङ्गिता बुढा, १८ वर्षीया जुनिता बुढा, १९ वर्षीया विवेक बुढा र हिमाली गाउँपालिका ६ की २२ वर्षीया अस्मिता शाही र १८ वर्षीया विज्ञान सार्की रहेका छन्।